भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप नेपालले बुझेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थमन्त्री हृदयस त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले दिएको कोरोना खोप लिएर आएको एयर इन्डियाको विमान १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण भएको थियो ।
भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ ।