नेपालमा कोरोना भाइरस देखा परेको एक वर्षपछि यसविरुद्धको खोप आइपुगेको छ । बिहीबार १२ बजे एयर इन्डिया मार्फत् भारतले अनुदानमा दिएको खोप नेपाल आइपुगेको हो ।
भारतले दिएको सो खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्न लागेका छन् ।
खाेप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने बताइएको छ ।
भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने बताएको छ । आज पहिलो चरणको खोप नेपाल आइपुगेको हो ।
भारतले उत्पादन गरेको कोभिसिल्ड खोप अक्स्फोर्ड तथा एस्ट्राजेनेकोले विकास गरेको हो । सोही खोप नेपाल लगायत छिमेकी मुलुकलाई भारतले आजबाट प्रदान गर्न थालेको छ।