राष्ट्रपतिद्वारा शपथ र कोभिड अध्यादेश जारी

राम्रो अनलाइन     ०६ जेठ २०७८, बिहिबार
राष्ट्रपतिद्वारा शपथ र कोभिड अध्यादेश जारी

काठमाडौँ, ६ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छिन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
 

प्रतिक्रिया