सुनको मूल्य बढ्दा चाँदीको घट्यो

राम्रो अनलाइन     २७ माघ २०८२, मङ्गलबार
सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं – नेपाली बजारमा मंगलबार (माघ २७ गते) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोमबार (माघ २६) मा सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो । ्त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ ।

अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । तोलामा १० रुपैयाँले घटेको हो । 

प्रतिक्रिया