एकैदिन तोलामा साढे १० हजारले बढ्य सुनको मूल्य

राम्रो अनलाइन     ०७ माघ २०८२, बुधबार
एकैदिन तोलामा साढे १० हजारले बढ्य सुनको मूल्य

काठमाडौँ – लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार (माघ ७) मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ । 

यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया