कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित

उपत्यकामा एक दिनमा २,४८६ जना संक्रमित
राम्रो अनलाइन     ०५ जेठ २०७८, बुधबार
कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित

 काठमाडौं : कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया