२६०० विन्दुबाट तल झर्‍यो नेप्से, सबैजसो उपसमूह राताम्मे

राम्रो अनलाइन     २८ मंसिर २०८२, आइतबार
२६०० विन्दुबाट तल झर्‍यो नेप्से, सबैजसो उपसमूह राताम्मे

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार (मंसिर २८) नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । 

यस दिन बजार १२.५० अंकले घटेसँगै धितोपत्र दोस्रो बजार मापक नेप्से २५९४.८७ बिन्दु कायम भएको हो ।  आज कुल ३३० कम्पनीको कारोबार भयो, जसमा ५६ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनीको स्थिर रह्यो । 

बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्सको सर्वाधिक ११५ अंक अर्थात् ०।८७ प्रतिशतले घटेको छ । यस दिन एक करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ६० हजार ६९९ पटक किनबेच हुँदा चार अर्ब ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

स्वस्तिक लघुवित्त र एसवाई प्यानल कम्पनीको मूल्य सकारात्मक सर्किट लागेको छ । सिटी होटेल र श्रीनगर एग्रिटेकका लगानीकर्ताले क्रमशः ६.२६ र ४.६५ प्रतिशत घाटा व्यहोरेका छन् । 

 

प्रतिक्रिया