२४ घण्टामा कहाँ कति वर्षा मापन भयो ? 

राम्रो अनलाइन     १२ असोज २०८१, शनिबार
२४ घण्टामा कहाँ कति वर्षा मापन भयो ? 


काठमाडौँ– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा भएको छ । 

जसअनुसार पाल्पाको कुमाल गाउँ स्टेसनमा पछिल्लो २४ घण्टामा २१६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै तनहुँको विमलनगर स्टेसनमा २५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 

मौसम पूर्वानुमान महाशाखाले ५० मिलिमिटरभन्दा माथि भए भारी वर्षा, १०० मिलिमिटरमाथिको वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी वर्षाको सूचीमा राख्ने गरेको छ । 

कहाँ कहाँ वर्ष भए यहाँबाट विवरण हेर्नुहोस्ः

प्रतिक्रिया