ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश 

एजेन्सी     ०७ माघ २०७७, बुधबार
ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश 

वासिङ्टन, ७ माघ (एएफपी) : अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बुधबार बाहिरिएका छन् ।

लामो समयदेखिको परम्परालाई तोड्दै उनले नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभई ह्वाइट हाउसबाट बाहिरिएका हुन् । 

यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छोड्ने परम्परा रहँदै आएको थियो । 

चर्चित व्यवसायीसमेत रहेका भएका ७४ वर्षीय ट्रम्पको बहिर्गमनसँगै अमेरिकी इतिहासमा अत्यधिक विवाद र चर्चामा रहेको ट्रम्पको चारवर्षे कार्यकाल सकिएको छ । 

ट्रम्पको ठाउँमा उनको उत्तराधिकारीको रूपमा ४६औँ राष्ट्रपति बनेर जो बाइडेनको प्रवेश भएको छ । ट्रम्प रिपब्लिकनको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए भने बाइडेन डेमोक्र्याटको तर्फबाट निर्वाचित भएका थिए । 

अमेरिकाको स्थानीय समयअनुसार बुधबार बिहान ८.१५ बजे उहाँ आफ्नी श्रीमतीसहित बाहिरिएका थिए । उनी हेलिकोप्टरमा चढेर फ्लोरिडा गएका छन् ।

कार्यालयबाट बाहिरिनु अघि भएको भेलामा उनले भने, “म केबल गुडबाई भन्न चाहन्छु, ह्वाइट हाउसमा रहँदाको समयअवधिलाई जीवनभरी स्मरण गरिरहने छु, यो अविश्मरणीय छ ।” 

पूर्व उपराष्ट्रपतिसमेत रहेका नवनिर्वाचित राष्ट्रपति ७८ वर्षीय वाइडेनले दिउँसो शपथग्रहण गरिरहेका बेला ट्रम्प भने फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहने जनाइएको छ ।

वाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि बुधबारसँगै शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

निकै प्रतिस्पर्धात्मक भएको चुनावमा धाँधली भएको भन्दै ट्रम्पले आफ्नो कार्यकालका अन्तिम दिनहरूमा अमेरिकी लोकतन्त्रकै आधारमाथि प्रहार गरेका थियो । 

अमेरिकी निर्वाचन प्रणालीलाई तेस्रो विश्वका देशसँग तुलना गर्नुभएका राष्ट्रपति ट्रम्पले औपचारिक रूपमा हार स्वीकार नगर्ने मात्र होइन, आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई जीतका लागि बधाइसमेत नदिई उनी बिदा भएका छन् । 
 

प्रतिक्रिया