काठमाडौंमा लायन्स र लियो क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २७ पिन्ट रगत संकलन

राम्रो अनलाइन     १४ भदौ २०८२, शनिबार
काठमाडौंमा लायन्स र लियो क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २७ पिन्ट रगत संकलन

ललितपुर– शनिबारका दिन लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ, लियो क्लब अफ काठमाडौं शुभ आरम्भ र लायन्स क्लब अफ काठमाडौं विक्रम बाबा तथा प्रोफेशनल आयुर्वेद पञ्चकर्म सेन्टर (भैसेपाटी) को सहकार्यमा सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रमलाई जिल्लास्तरीय तथा क्लबस्तरीय विशिष्ट नेताहरूको सक्रिय उपस्थितिले अझ भव्य बनायो । सहभागी विशिष्ट व्यक्तित्वहरूमा जिल्ला सह–मुख्य सल्लाहकार लायन भाष्कर श्रेष्ठ, उप–मुख्य सल्लाहकार लायन अमित थापा, प्रमुख परियोजना प्रबन्धक लायन राजेन्द्र प्रसाद श्रेष्ठ, सहायक परियोजना प्रबन्धक लायन गायत्री जोशी, लायन राजेश श्रेष्ठ, लायन सुरेन्द्र कुमार सङ्घाई, जोन अध्यक्ष लायन रामशरण न्यौपाने, क्लब अध्यक्ष लायन बिन्जु श्रेष्ठ, द्वितीय उपाध्यक्ष लायन सुरज कार्की, कोषाध्यक्ष लायन अन्जु श्रेष्ठ, लियो कोषाध्यक्ष सिम्रन श्रेष्ठ, लियो बिशाल थारु तथा लियो लक्ष्मी चौधरी थिए। कार्यक्रममार्फत २७ पिन्ट रगत संकलन गरिएको थियो ।

प्रतिक्रिया