आफ्नो समुदाय तथा देशमा अर्थपूर्ण परिवर्तन ल्याउन चाहन्छु : अञ्जिला रजक

राम्रो अनलाइन     २४ साउन २०८२, शनिबार
आफ्नो समुदाय तथा देशमा अर्थपूर्ण परिवर्तन ल्याउन चाहन्छु : अञ्जिला रजक

अञ्जिला हाल समाजशास्त्रमा विषयमा मास्टर्स गर्दैछिन् । उनी महिलाहरूको लागि आवाज बन्न चाहन्छिन्, जसले महिलाहरूको शिक्षा र आर्थिक स्वतन्त्रताको पहुँचका लागि समेत विभिन्न काम गरिरहेकी छिन् । मिस नेपालमा सहभागी हुनु अञ्जिलाको सानैदेखिको सपना थियो, तर त्यो समयमा उनी आफूलाई तयार भएको महसुस गर्दिन थिएँ, त्यैसले केही समय आफुलाई बुझ्न, सिक्न, र आत्मविकास गर्न समय चाहिन्थ्यो । र पछि आत्मविश्वास र आफ्नो उद्देश्यप्रति स्पष्टता हासिल गरेपछि उनी मिस नेपालमा सहभागी भएकी हुन् । 

उनी भन्छिन्, ‘मैले यो पटक सहभागिता जनाएको कारण, म यो मञ्चलाई प्रेरणा दिन, नेतृत्व गर्न र आफ्नो समुदाय तथा देशमा अर्थपूर्ण परिवर्तन ल्याउन प्रयोग गर्न चाहन्छु । मिस नेपाल मेरो लागि केबल उपाधि होइन, यो सपना कार्यान्वयनमा उतार्ने र यात्रा भरि अरूलाई पनि सशक्त बनाउने अवसर हो ।’ 

 

प्रतिक्रिया