अनुराधा एक फर्मासिस्ट तथा स्वास्थ्य सेवा र महिलाको सशक्तिकरणकी अधिवक्ता समेत हुन् । जो आफ्नो बुलन्द आवाजका साथ महिलाहरूको स्वास्थ्य सेवाको लागि लागिपरिहेकी छिन् । अनुराधा मिस नेपाल ठूलो परिवर्तन ल्याउन सक्ने प्ल्याटफर्म भएकाले आफु सहभागी भएको बताउँछिन् । उनी भन्छिन्,‘जब म सानु थिएँ, मैले एउटा तस्वीर देखें जसमा तीनजना ब्यूटीफूल युवतीहरू क्राउन लगाएर हात हल्लाइरहेका थिए । जब पछि मैले त्यो फोटो मिस नेपाल हो भन्ने थाहा भयो, त्यो बेलामा देखि नै मैले म पनि त्यहाँ पुग्नुपर्छ भन्ने सोच बनाएको थिएँ । तर पछि ठुलो हुदैँ गएपछि थाहा भयो क्राउन लगाउनु भनेको केवल सौन्दर्यको प्रतीक होइन रहेछ जिम्मेवारी र उद्देश्य बोक्नु पर्नेसमेत रहेछ । ’

यस्तै उनी मिस नेपालमार्फत अरूको सहयोग गर्ने, धेरै व्यक्तिहरूसम्म पुग्नसक्ने भएकोले सहभागी भएको बताउँछिन् । उनी भन्छिन्, ‘म मिस नेपालजस्तो प्ल्याटफर्म हुन्छ भने, म अझ धेरै व्यक्तिहरूसम्म पुग्न सक्छु र अझ ठूलो परिवर्तन मेरो अरु कामहरुले परिवर्तन ल्याउन सक्छु भनेर मैले मिस नेपालमा सहभागी हुने निर्णय गरेको हो ।’
