सोनी एक एथलेटिक्स तथा ‘एक शिक्षा’ संस्थाको संस्थापिका हुन्, जसले नेपालमा गुणस्तरीय शिक्षाबारे आवाज उठाउँर्दै आईरहेको छिन् । कमजोर आर्थिक परिस्थितिबाट उठेर परिवारको लागि आम्दानी गर्दै बडीबिल्डिङमार्फत आफुलाई स्थापित गराएकी उनी जन्मले गन्तव्य निर्धारण गर्दैन भन्ने कुरामा विश्वास गर्छिन र त्यसै अनुरुप काम गर्दै आइरहेकी छिन् ।

मैले मिस नेपालमा भाग लिने निर्णय एक गहिरो सपना र स्पष्ट उद्देश्यका साथ गरेकी हुँ । मिस वर्ल्डको मुकुट पहिलोपटक नेपालमा ल्याउने मेरो इच्छ छ।
नेपालले अझसम्म त्यो गौरव पाएको छैन, र म त्यो इतिहास बदल्ने नाम बन्न चाहन्छु। म आफ्नै क्षमतामा विश्वास गर्छु, र अहिले हामीसँग भएको समर्पित टोलीले मलाई अझ बलियो बनाएको छ। म यो सपना साकार पार्न तयार छु।

तर मेरो यात्रा केवल मुकुटसम्म सीमित छैन। मेरो लक्ष्य अझ ठूलो छ । म नेपालको वास्तविकता, यहाँका गहिरा समस्याहरू जस्तै शिक्षा असमानता, गरिबी, र अवसरको कमीलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन चाहन्छु। हाम्रो देशसँग अनेकौँ यस्ता कथाहरू छन् जुन संसारले सुन्नैपर्छ । संघर्षका, साहसका, र अदम्य आत्मबलका कथा छन् हामीसँग। म ती कथाहरूको आवाज बन्न चाहन्छु, आत्मगौरव, शक्ति र उद्देश्यको साथ।