लण्डनको क्रिकेट रंगशालामा अदिती बुढाथोकी

राम्रो अनलाइन     १९ साउन २०८२, सोमबार
लण्डनको क्रिकेट रंगशालामा अदिती बुढाथोकी

काठमाडौं–मोडल तथा अभिनेत्री अदिती बुढाथोकी केही सातायता लण्डनमा ब्यस्त छिन् । त्यहाँबाट उनले क्रिकेट हस्तीहरूसँग गफगाफ गर्दै गरेका भिडियो र फोटो सेयर गरिरहेकी छन् । 

यसबाहेक, घुमघामका आकर्षक फोटो पनि देख्न पाइन्छ । उनले क्रिकेट हस्तीहरू ब्रेट ली, सुरेश रैना, क्रिस गेलसँग कुराकानी गरेका रमाइला भिडियो पनि सामाजिक संजालमा सेयर गरिरहेकी छन् । 

उनका यी फोटो र भिडियोलाई प्रशंसकले रुचाइरहेका छन् । यस्तोमा, धेरैले कौतुहलता व्यक्त गरिरहेका छन्, आखिर अदिती लण्डनको क्रिकेट रंगशालामा के गर्दैछिन् ? 

अदिती उक्त क्रिकेट प्रतियोगिता डब्लुसीएल २०२५ की अफिसियल डिजिटल प्रिजेन्टर हुन् ।

उनको भूमिका क्रिकेटका दिग्गजसँग विशेष अन्तर्वार्ता लिने, सामाजिक सञ्जालका लागि आकर्षक सामग्री सिर्जना गर्ने र प्रतियोगिता हुने अन्य गतिविधिलाई दर्शकमाझ ल्याउनु हो ।

उनले ब्रेट ली, सुरेश रैना र क्रिस गेलजस्ता क्रिकेट स्टारहरूसँग अन्तक्र्रिया गर्ने, उनीहरूलाई प्रश्न सोध्ने र आफ्ना फ्यानलाई अनुभव साझा गर्ने गरेको देखिन्छ ।

डिजिटल प्रस्तुतकर्ताको रूपमा अदितीले आफ्नो उद्देश्य क्रिकेटको परम्परागत विगत र यसको आधुनिक डिजिटल दर्शकबीचको खाडललाई कम गर्नु रहेको बताएकी छन् ।

जसले गर्दा युवा प्रशंसकलाई अझ पहुँचयोग्य र रमाइलो बनाउन सकिने उनको अपेक्षा छ । अनमोल केसी स्टारर नेपाली फिल्म ‘कृ’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अदितीले पछिल्लोपटक होमप्रोडक्सन फिल्म ‘बाबरी’मा अभिनय गरेकी थिइन् ।

सन् २०१९ मा उनी अमेजन प्राइमको वेबसिरिज ‘इनसाइड एज २’मा पनि देखिएकी थिइन् । पछिल्लो समय अदिती भारतमा रहेर मोडलिङ र विज्ञापन फिल्महरूमा ब्यस्त छिन् ।

प्रतिक्रिया