नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन

राम्रो अनलाइन     ०८ असार २०८२, आइतबार
नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन

काठमाडौं– कप्तन विपिनप्रसार शर्मा र ब्याटर प्रसिद्ध जैसीको उत्कृष्ट प्रदर्शनप्रेरित साबिक विजेता नेपालले एसिसी यु–१६  इस्ट जोन कपमा विजयी सुरुआत गरेको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपालले ६ विकेटको सहज जित दर्ता गर्यो । सिंगापुरले प्रस्तु गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि प्रशिद्ध जैसीले ९७ बलमा पाँच चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी रौनक श्रीवास्तवले ४० रन बनाए । तेस्रो विकेटका लागि प्रसिद्ध र रौनकले ६३ रनको साझेदारी गरे । सिंगापुरका लागि आकाश तेजाले तीन तथा युभान पाण्डेले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल तयार पारेको थियो । सिंगापुरका लागि कप्तान रियान नाइकले ५३ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी आहन वुथान्डमले ३८, प्रणन इशान मेदुरीले १२ र रोहन अस्टिन अरुणले ११ रन बनाए ।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार, सचिन भट्टले तीन तथा अभय यादव र सुभम खनालले समान एक विकेट लिए ।  अब नेपालले मंगलबार जापानको समान गर्नेछ । 

प्रतिक्रिया