कार्यान्वयन भएन मध्यरातमा भएको सहमति, सार्वजनिक यातायात आज पनि ठप्प

राम्रो अनलाइन     २० जेठ २०८२, मङ्गलबार
कार्यान्वयन भएन मध्यरातमा भएको सहमति, सार्वजनिक यातायात आज पनि ठप्प

काठमाडौं- यातायात व्यवसायीहरुले आज पनि सार्वजनिक सवारीसाधन चलाएका छैनन्। निजी सवारी साधनमात्रै चल्दा काठमाडौं उपत्यकाका सडकमा चाप छैन।

सार्वजनिक गाडी नचल्दा निजी सवारीसाधन नहुनेहरु मर्कामा परेका छन्। मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्। 

यसैगरी साझा यातायातका बसहरु पनि चलिरहेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुइटा रुटमा नि:शुल्क बस चलाएको छ।

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन नचलाएका हुन् ।

प्रतिक्रिया