२०६ पटक रगत दान गरेका अर्जुन मैनालीले  गरे आत्महत्या

राम्रो अनलाइन     २९ माघ २०८०, सोमबार
२०६ पटक रगत दान गरेका अर्जुन मैनालीले  गरे आत्महत्या

काठमाडौँ –  फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायब बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन् ।

दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् ।

 प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जनाएको छ । उनको शरीर पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको हो । उनले कारभित्र आगा लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ । मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको बताइएको छ ।

यस्तो छ उनको फेसबुकको स्टाटस :


 

प्रतिक्रिया