सन्राइज बैंकका ग्राहकलाई सांग्रिला भिलेज रिजोर्टमा छुट

राम्रो अनलाइन     ०६ माघ २०७७, मङ्गलबार
सन्राइज बैंकका ग्राहकलाई सांग्रिला भिलेज रिजोर्टमा छुट

काठमाडौं :  सन्राइज बैंकका ग्राहकले पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा विविध सेवामा छुट पाउने भएका छन् । बैंक र होटलबीच सुविधा प्रयोग गरेबापत छुट दिने सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतापछि बैंकका ग्राहकले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरीजन्य सामग्री, सौना र पुल सुविधाको सन्राइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट लिन सक्नेछन् । 

प्रतिक्रिया