सुनको भाउ १ लाख ७० हजार नाघ्यो

राम्रो अनलाइन     २९ माघ २०८१, मङ्गलबार
सुनको भाउ १ लाख ७० हजार नाघ्यो

 

काठमाडाैं – नेपाली बजारमा आज मंगलबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ नाघेको छ। आज छापावाल सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

हिजो १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने केही घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया