उपकरण अभावले सुरक्षाकर्मीलाई काम गर्न कठिन

राम्रो अनलाइन     १५ माघ २०८१, मङ्गलबार
उपकरण अभावले सुरक्षाकर्मीलाई काम गर्न कठिन

 

धरान – जिल्लामा लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेनगरेको पत्ता लगाउन उपकरण अभावमा सुरक्षाकर्मीलाई काम गर्न कठिन भएको छ । 

जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जिल्लामा लापसे र मापसे गर्नेलाई कारवाही गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ट्राफिक प्रहरी र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले नियमित चाँज गरिरहेको बताए । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्म मापसे गरी सवारीसाधन चलाउने सात सय ३२ जना र लापसे गरी सवारीसाधन चलाउने ४३ जनालाई कारबाही गरिएको उनले जानकारी दिए ।

सो अवधिमा लापसे र मापसे गरी सवारीसाधन चलाउँदा नौ सवारी दुर्घटना भएका थिए । ‘अधिकांशले भारतीय सीमा क्षेत्रमा गएर लापसे र मापसे गर्ने गरेको पाइएको छ’, प्रहरी उपरीक्षक तिमल्सिनाले भने । उनका अनुसार सो अवधिमा लापसे र मापसे गरेका व्यक्तिबाट रु चार लाखभन्दा बढी राजस्व असुली गरिएको छ ।  ‘लापसे र मापसे गर्नेलाई निरुत्साहित गर्न सचेतना अभियान चलाएका छौँ”, उनले भने । 

प्रतिक्रिया