प्रदेश  १ मा कोरोना सङ्क्रमित ३० हजार पुगे 

राम्रो अनलाइन     २७ पुस २०७७, सोमबार
प्रदेश  १ मा कोरोना सङ्क्रमित ३० हजार पुगे 

विराटनगर, २७ पुस : प्रदेश  १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा  पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा  चार महिला र ११ पुरुष गरी १५  सङ्क्रमित थपिएसँगै  पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप हुनेहरुमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा चार, सुनसरीमा तीन, इलाममा दुई, धनकुटा र तेह्रथुममा एक÷एकजनामा सङ्क्रमण देखिएका छन् ।

प्रदेशमा सोही अवधिमा ८०  सङ्क्रमित होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट निको भएका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्यामा २९ हजार ३२७ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख १२ हजार २५९ जनाको पिसिआर परीक्षण  भएको छ ।
 

प्रतिक्रिया