काठमाडाैं - नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १२:३० मा हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको हो ।
'प्ले अफ'मा जानुअघि १२ अंकका साथ शीर्ष स्थानमा सुदूरपश्चिम थियो भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको थियो ।
आज हुने फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।