काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जित्नै पर्ने खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्ध १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको विराटनगरले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको हो ।