काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपिएल)काे मंगलबार भएकाे दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएकाे छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात निकै राम्रो खेलेकाे भए पनि १६.३ ओभरमा अल आउट हुँदै १०३ रन मात्र बनाउन सक्याे।