२९ वर्ष पुरानाे फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुँदै

राम्रो अनलाइन     १४ कात्तिक २०८१, बुधबार
२९ वर्ष पुरानाे फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुँदै

 

काठमाडाैं – बलिउडका चर्चित फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने भएको छ।  राकेश रोशन निर्देशित फिल्म २९ वर्षपछि सिनेमा घरमा रिलिज हुन लागेकाे हाे। उक्त फिल्म २२ नोभम्बरदेखि रिलिज हुनेछ। 

अभिनेता सलमान खानले सोमबार सामाजिक सञ्जालमार्फत फिल्म पुनः रिलिज हुन लागेकाे जानकारी दिएका हुन्।  उनले लेखेका छन्, ‘राखी जीले सही भन्नु भएको थियो कि करण अर्जुन आयेगे नोभेम्बर २२ मा दुनियाँभरको सिनेमा घरमा।’

६ कराेडमा बनेकाे फिल्मले त्यहीबेला ४३ करोड भारू कमाएको थियो। उक्त फिल्मले उत्कृष्ट सम्पादन र उत्कृष्ट एक्सन दुई वटा अवार्ड पाएको थियो।

प्रतिक्रिया