काठमाडौं– बलिउडका चर्चित कोरियाग्राफर एवम् निर्देशक रेमो डिसूजा, उनकी पत्नी लिजेल डिसूजामाथि ठगी गरेको आरोप लागेको छ। रेमो, लिजेल र अन्य पाँच जनामाथि एउटा नृत्य समूहले धोकाधडीको उजुरी दर्ता गरेका हुन् । उनीहरुमाथि ११ करोड ९६ लाख भारु ठगेको आरोपमा उनीहरुमाथी उजुरी दर्ता भएको हो ।
उजुरीका अनुसार डान्सर र उसको ग्रुपसँग सन् २०१८ देखि सन् २०२४ को बीचमा धोकाधडी भएको हो । यस ग्रुपले टिभीको एउटा शोमा प्रदर्शन गरेर जीत पनि हासिल गरेको थियो । रेमो र उनको समूहले पीडितहरूको समूह आफ्नो हो भन्ने देखाएर शोमा जितेको ११ करोड ९६ लाख भारुको इनाम राशि हत्याएको आरोप लगाइएको छ ।