नेपालमा कोरोना भाइरसको को नयाँ प्रजाति तीन जनामा देखिएको छ। बेलायतमा देखिएको नयाँ प्रजाति नेपालमा पनि भित्रिएको हो ।
पुस पहिलो साता बेलायतबाट आएका ती तीन जना यात्रुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीन जनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिएका छन्।
मन्त्रालयका अनुसार बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएको थियो।
नयाँ प्रजातिको भाइरस देखिएकामध्ये एक जना महिला र दुई जना पुरुष रहेका छन् ।