२४ घन्टामा ५६ हजार यात्रु काठमाडौं भित्रिए

राम्रो अनलाइन     ०२ कात्तिक २०८१, शुक्रबार
२४ घन्टामा ५६ हजार यात्रु काठमाडौं भित्रिए

 

काठमाडौं–  दसैं सकिएलगत्तै बिहीबार २४ घन्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् । उनका अनुसार, यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएको रेकर्ड समेत छ ।

एआईजी बज्राचार्यका अनुसार, २४ असोज फुलपातीदेखि कात्तिक २ गते बिहान ६ बजेसम्म ४६ हजार ८४५ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । तिनमा ३ लाख ४१ हजार ६०४ यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

 

प्रतिक्रिया