सुबिसुले ल्यायो नयाँ वर्षमा ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना

राम्रो अनलाइन     ०६ वैशाख २०७८, सोमबार
सुबिसुले ल्यायो नयाँ वर्षमा ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना

सुबिसु केबलनेट प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना ल्याएको छ ।

नेपालको सूचना तथा सञ्चार क्षेत्रमा आफूलाई अग्रणी मान्दै आएको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालिले ल्याएको नयाँ वर्षे योजनामा ग्राहकले एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ बिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने कम्पनीले जनाएको छ । सेवा २० एमबीपीएसभन्दा माथिको ब्यान्डविथमा लागु हुनेछ ।

स्वास्थ्य बिमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा प्राप्त हुने कम्पनीले जनाएको छ । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीको छ । अफर सीमित अवधिका लागि रहने र शर्त तथा नियमहरु लागु हुने कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया