काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक विशेष समारोह बीच राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले परिषद्को आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
समारोहमा राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीहरू एवं राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।राष्ट्रपति समक्ष पेश भएको परिषद्को वार्षिक प्रतिवेदन प्रधानमन्त्री मार्फत् संघीय संसदमा पेश हुने संवैधानिक व्यवस्था रहेको छ ।