जाजरकोटमा पहिरोमा श्रीमान–श्रीमती बेपत्ता, छोरी घाइते

राम्रो अनलाइन     २३ भदौ २०८१, आइतबार
जाजरकोटमा पहिरोमा श्रीमान–श्रीमती बेपत्ता, छोरी घाइते

 

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले पुरिएर श्रीमान–श्रीमती बेपत्ता भएका छन् भने एक छोरी घाइते भएकी छिन्। 

आइतबार बिहान साढे २ बजेतिर आएको पहिरोमा आफ्नै घरमा सुतिरहेका मानबहादुर चलाउने र उनकी श्रमती प्रेमकुमारी चलाउने बेपत्ता भएका हुन्।  उनीहरूको अहिले खोजी भइरहेको छ। प्रेमकुमारी सोही वडाकी वडा सदस्यसमेत हुन्। 

यस्तै पहिरोमा परी चलाउनेकी छोरी ११ वर्षीया सम्झना घाइते भएको र उनको लिम्सास्थित अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए।  पश्चिम नेपालमा गयराती अविरल वर्षा भएको थियो। 

प्रतिक्रिया