प्रचण्डले भने- फरक भूमिका लिन तयार छु, उत्तराधिकारी खोजी भइरहेको छ

राम्रो अनलाइन     १६ भदौ २०८१, आइतबार
प्रचण्डले भने- फरक भूमिका लिन तयार छु, उत्तराधिकारी खोजी भइरहेको छ

 

काठमाडाैं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व छोड्न आफूलाई गाह्रो नलागे पनि पार्टीभित्र ‘सिस्टम’ बसाल्न चाहेको बताएका छन्। 

बाँकेमा पार्टीको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठकलाई सम्बोधन गर्न नेपालगन्ज पुगेका उनले त्यहाँका पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीभित्र सिस्टम बसालेर अर्को भूमिकामा जाने पनि बताए। 

‘सधैं म मात्रै नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन। साथीहरूको जोडबलले नेतृत्वमा ३५/३६ वर्षदेखि छु। अब यहाँ एउटा सिस्टम बसाउन खोजिरहेको छु। त्यसपछि म फरक भूमिकामा जाने तयारीमा छु’ पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ‘अब उत्ताराधिकारी बनाउने विषयमा पनि छलफल भइरहेको छ।’ 
उनले पार्टी फुट्ने हल्लालाई निराधार भन्दै अब झन् एक ढिक्का भएको पनि दाबी गरे। 

‘नेतृत्वकै कारणले पार्टी फुट्ने अनि नेतृत्व विभाजन हुने भन्ने होइन। पार्टीको नेतृत्व आन्दोलन, इतिहासको मूल्याङ्कनबाट तय हुन्छ’ उनले भने ‘पार्टी अब झन् एक ढिक्का भएको छ। नेतृत्वका विधि हुन्छ। त्यो सब त्यस्तै विधिहरूबाट तयार हुन्छ।’ उनले समाजवादी मोर्चमार्फत टुटफुट भएका माओवादी शक्तिहरूलाई एक बनाउने प्रयास भइरहेको पनि बताए। 
 

प्रतिक्रिया