काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताएका छन् । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीलङ्का वा बङ्गलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गर्दै नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको स्पष्ट गरेका हुन्।