मिस एसिया प्यासिफिक इन्टरनेसनल प्रतियोगितामा एकल आमा र विवाहित  महिला पनि सहभागी हुन पाउने 

राम्रो अनलाइन     ३१ साउन २०८१, बिहिबार
मिस एसिया प्यासिफिक इन्टरनेसनल प्रतियोगितामा एकल आमा र विवाहित  महिला पनि सहभागी हुन पाउने 


काठमाडौं– ग्रुप अफ इभेन्ट इन्टरटेर्नसको आयोजनामा ‘मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल, २०२४ प्रतियोगिता हुने भएको छ । आगामी भदौ २९ अर्थात सेप्टेम्बर १४ मा सानेपा स्थित होटल स्क्वायर मा फाइनल प्रतिष्प्रर्धा तय भएको छ । यस सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन चाहने महिला नेपाली नागरिक हुनुपर्नेछ । 

अविवाहित , विवहित, एकल आमा , एकल महिला साथै   डिभोर्स भएकाहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्  । सहभागीको उचाई कम्तीमा ५ फिट ४ इन्च , शैक्षिक योग्यता प्लस टु को अध्ययन पुरा गरेको हुनुपर्नेछ भने उमेर समुह १९ देखि ३० वर्षको हुनुपर्ने छ । 

प्रतियोगिताको अडिसन अगस्ट १७ मा हुनेछ । प्रतियोगिताको प्रि जजिङ राउण्ड सेप्टेम्बर १३ का लागि तय भएको छ । फार्म फेस मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको कार्यक्रम होटल स्क्वायरको सहकार्यमा संचालन गर्न लागिएको छ । 

कार्यक्रमकालागि ज्यासमिन फिटनेस एण्ड स्पा फिटनेस पार्टनर , नेपाल एयर लाइन्स , एयर लाइन्स पार्टनर , यति ब्रुअरी बेभरेज पार्टनर, खल्ती भोटिङ पार्टनरका रूपमा र प्याजेन्ट्री नेपाल मिडिया पार्टनरका रूपमा रहेका छन् ।  

सन् २०२४  को ‘मिस एसिया प्यासिफिक इनटरनेसनलको प्रतिष्पर्धा २३ सेप्टेम्बर देखि ८ अक्टोबर सम्म फिलिपिन्समा सम्पन्न हुनेछ । फार्म फेश मिस एशिया प्यासिफिक इन्टरनेशनल नेपाल २०२४ का बिजेताले सोही प्रतियोगितामा नेपालकोतर्फ बाट सहभागिता जनाउनेछिन् । सन् १९६५ देखि शुरू गरिएको यो प्रतियोगितामा  नेपालकोतर्फ बाट सन् १९९४ मा पहिलो पटक सहभागिता जनाइएको थियो । 

द हिडन ट्रेजरले सन् १९९४ बाट यस प्रतियागिताको नेपालको  लागि आधिकारिकता  प्राप्त गरेको भएपनि सन् २०१८ जिइइ नेपाल संस्था स्थापित भए सँगै जिइइले सन् २०१८ र २०१९ मा कमस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल आयोजना गरेको थियो। जस अन्तगर्त सन् २०१८ मा आस्था साखः र २०१९ मा  प्रतिस्था साखः ले मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपालको ताज पहिरिएका थिए । प्रतियोगिताको अन्तराष्ट्रिय संस्करणमा नेपालको तर्फबाट सफलता पूर्वक प्रतिनिधित्व जनाउने गरिएको जिइइका अध्यक्ष अनुप सक्सेनाले जानकारी थिए । ‘अघिल्ला प्रतियोगिताको तुलनामा सहभागीहरूलाई अझ बढी क्रियाकलापमा सहभागी गराएर व्यक्तित्व विकासमा सहयोग पु¥याउने छौँ ।’ उनले भने । 

प्रतिक्रिया