बालसुधार गृहहरूलाई सुधार गृहकै रुपमा विकास गर्नुपर्नेमा सांसदहरुको जोड

राम्रो अनलाइन     २५ साउन २०८१, शुक्रबार
बालसुधार गृहहरूलाई सुधार गृहकै रुपमा विकास गर्नुपर्नेमा सांसदहरुको जोड

 

काठमाडौँ– नेपालका बालसुधार गृहहरूलाई सुधार गृहकै रुपमा विकास गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्। प्रतिनिधि सभा कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा भएको नेपालका बालसुुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले बाल सुधार गृहहरूलाई ऐन अनुसार सुधार गृहका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन्। 

बाल सुधार गृहलाई कैदी गृह बनाइएको भन्दै त्यसमा परिवर्तन गर्ने र खुला कारागारको अवधारणामा जान र सुधार केन्द्रका रुपमा विकास गर्न अब ढिलाइ गर्न नुहुनेमा सांसदहरुले जोड दिए। 

सांसदहरुले तत्कालीन रुपमा बाल सुधार गृह र कारागारहरूमा स्वास्थ्य उपचारको व्यवस्था, खानेपानी र सरसफाइको ध्यान दिनु आवश्यक रहेको भन्दै दीर्घकालीन रुपमा समस्या समाधानका लागि प्रभावकारी भौतिक संरचनाको निर्माण हुनु आवश्यक रहेको औँल्याए। 

सांसदहरुले १८ वर्ष उमेर पुगी सकेका र सो भन्दा मुनिका बालबालिका एकै ठाउँमा राखिएको तथा हत्या, लागु औषध, जबरजस्ती करणी जस्ता फरक फरक विषयमा सुधारगृह पुगेका व्यक्ति एकै ठाउँमा राखिदा त्यसले थप समस्या सिर्जना गरेको भन्दै छुट्टा(छट्टै राख्ने व्यवस्था गर्नु पर्नेमा समेत जोड समेत दिए। 

प्रतिक्रिया