कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

राम्रो अनलाइन     १८ साउन २०८१, शुक्रबार
कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

 

काठमाडाैं – कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ । परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

यस्तै  १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएकाे छ ।  ३८ हजार  १४६ जनाकाे एनजी आएकाे हाे ।

प्रतिक्रिया