मिस नेपालका फाइनलिस्टद्वारा स्वीमसुटमा आ–आफ्नो सौन्दर्य क्षमता प्रस्तुत (तस्बिरसहित) 

राम्रो अनलाइन     १० साउन २०८१, बिहिबार
मिस नेपालका फाइनलिस्टद्वारा स्वीमसुटमा आ–आफ्नो सौन्दर्य क्षमता प्रस्तुत (तस्बिरसहित) 


अहिले मिस नेपालमा सहविधाको प्रतिस्पर्धा धमाधम चलिरहेका छन् । बुधबार बेलुका ललितपुरको हिमालय होटलमा स्वीमसुट प्रतिस्पर्धाको आयोजना गरियो ।२६ जना फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यो सबटाइटल प्रतिस्पर्धामा फिटनेस प्रशिक्षक आशिष गुरुङ, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस युनिभर्स नेपाल सोफिया भुजेल जजको रुपमा थिए । जजसामु सुन्दरीले क्याटवाकमा आफ्नो प्रस्तुति दिए । सबटाइटल विजेताको घोषणा साउन १९ गते आयोजना हुने ग्रान्ड फिनालेमा गरिने द हिडन ट्रेजरले जनाएको छ ।

प्रतिक्रिया