विमान दुर्घटनापछि बन्द रहेको विमानस्थल खुल्यो

राम्रो अनलाइन     ०९ साउन २०८१, बुधबार
विमान दुर्घटनापछि बन्द रहेको विमानस्थल खुल्यो

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो ।  

बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कलसाइन अल्फा एमई रहेको विमान दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । 

प्रतिक्रिया