काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। बुधबार बिहान करिब ११ बजे पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटना भएकाे बताइएकाे छ।
जहाजमा चालक दलका सदस्य र कर्मचारीसहित १९ जना रहेको विमानस्थल स्राेतले जनाएकाे छ। जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ ।
जहाज आगो लागेको र अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। जहाज मर्मत गर्न पाेखरा जान लागेकाे थियाे। प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।