आइपीएल : पहिलो खेलमा साविक विजेता मुम्बई बेङ्गलोरसँग पराजीत

राम्रो अनलाइन     २८ चैत २०७७, शनिबार
आइपीएल : पहिलो खेलमा साविक विजेता मुम्बई बेङ्गलोरसँग पराजीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।

शुक्रबार राति चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५९ रनको योगफल तयार गरेको थियो ।

१६० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बेङ्गलोरका लागि एबी डि भिलियर्सले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८, ग्लेन मेक्सवेलले ३९, कप्तान विराट कोहली ३३ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

मुम्बईका लागि जसप्रित बुमराह र मार्को जान्सेनले २, २ तथा ट्रेन्ट बोल्ट र क्रुनाल पान्डेयले १, १ विकेट लिए ।

त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९, सुर्यकुमार यादवले ३१, इशान किशानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । 
बेङ्गलोरका लागि हर्षल पटेलले सर्वाधिक ५ तथा काइल जेमिसन र वासिङ्टन सुन्दरले १, १ विकेट लिए ।।

प्रतिक्रिया