यु-२० टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ

राम्रो अनलाइन     १९ असार २०८१, बुधबार
यु-२० टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ

 

काठमाडाैं – अखिल नेपाल फुटबल संघ (एन्फा)  ले उर्जन श्रेष्ठ राष्ट्रिय यु–२० टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले बुधबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरे ।

यसैगरी एन्फाले शशिन्द्र धिमाललाई सहायक र राजु सिंहलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । उनीहरूले पनि बुधबार नै नियुक्ति पत्र प्राप्त गरे ।

नेपालले आगामी अगस्ट १६ देखि २८ तारिखसम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपका आयोजना गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खुला खेलाडी छनोट भइरहेको छ । केन्द्रीय छनोटमा करिब ४०० खेलाडीले भाग लिएका छन् ।

श्रेष्ठले यु– १७ टोलीको प्रशिक्षण सम्हाली सकेका छन् । यसैगरी उनीसँग ब्रिगेड ब्वाइज, फ्रेन्ड्स जस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव पनि छ । 

प्रतिक्रिया