पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

 

काबुल – गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् ।

अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको  स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएकोसमेत बताएका छन् । 

रिपोर्टका अनुसार २।५ मिलियनभन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान संख्या इरानमा पनि रहेका छन् । 

अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ । 

प्रतिक्रिया