विद्यालय तालाबन्दी गरेर विद्यार्थीको पढ्न पाउने हक हनन गर्नेहरूलाई कारबाही गर्ने शिक्षामन्त्री श्रेष्ठको प्रतिबद्धता

राम्रो अनलाइन     १७ असार २०८१, सोमबार
विद्यालय तालाबन्दी गरेर विद्यार्थीको पढ्न पाउने हक हनन गर्नेहरूलाई कारबाही गर्ने शिक्षामन्त्री श्रेष्ठको प्रतिबद्धता

 

काठमाडौँ –  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीको पढ्न पाउने हक हनन गर्नेहरूलाई कारबाही गरिने प्रतिबद्धता जनाएकी छन् । 

आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयमा दलीय राजनीति हस्तक्षेप बन्द गर्ने  प्रतिबद्धता जनाएकी हुन् ।  

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट नीति तथा कार्यक्रम अनुसार नै ल्याइएको स्पष्ट पारे ।  अर्थमन्त्री पुनले समन्यायिक बजेट विनियोजनका लागि बजेट प्रणालीमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि जनाए ।  

बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक २०८१ माथि विचार गरियोस् भनी राखेको प्रस्तावको  सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले नेपालको जलस्रोतको भरपुर सदुपयोग गरी अधिक मात्रामा विद्युत् उत्पादन गर्ने र बेच्ने गरी योजना बनाउनुपर्नेमा जोड दिए । 

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले लोकसेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गरे। 

प्रतिक्रिया