कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

राम्रो अनलाइन     १२ असार २०८१, बुधबार
कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

कपिलवस्तु– कपिलवस्तुमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु हुनेमा यशोधरा गाउँपालिका -६ भैसाहिया वर्ष २२का महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका १७ वर्षका राजु ठाकुर रहेका छन् । 

दुवै जनाको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए ।

प्रतिक्रिया