गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

राम्रो अनलाइन     २७ जेठ २०८१, आइतबार
गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

 

प्यालेस्टिनी क्षेत्र– इजरायल र प्यालेस्टिनीबिच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरुलाई जीवित उद्धार गरिएको छ । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार चार सय ९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया