काठमाडौं– क्रिकेट एक्सिलेन्स सेन्टर, भक्तपुरविरुद्ध ७३ रनको फराकिलो जित निकाल्दै क्रिकेट एक्सिलेन्स सेन्टर, काठमाडौं एनसिसीएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको पुरुषतर्फ
मुलपानी क्रिकेट मैदानमा शुक्रबार काठमाडौंले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको भक्तपुर १७.४ ओभरमा ८२ रनमै समेटियो ।
भक्तपुरका लागि विवेक लामाले २४, विपिन आचार्यले १६ र रोशन साउदले १० रन बनाए ।
काठमाडौंका लागि सोनु देवकोटाले तीन तथा दीपेन्द्र रावत र दयानन्द मण्डलले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।
काठमाडौंका लागि रित गौतमले ५४ बलमा अविजित ५४ रनको योगदान गरे । यसैगरी सुशान्त थापाले ५४ र सोनु देवकोटाले १५ रन बनाए ।
भक्तपुरका लागि अविनाश बस्याल, विपिन न्यौपाने र किरण चन्दले समान एक विकेट लिए ।