गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

राम्रो अनलाइन     १४ जेठ २०८१, सोमबार
गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

 

काठमाडाैं– सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

साेमबार अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइ सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

रिट निवेदनमा गृहमन्त्री लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजी गर्न माग गरिएकाे छ। उक्त रिटमा बुधबारका लागि पेशी तोकिएको छ।

प्रतिक्रिया