जेठ १४ गते बागमती सरकारको नीति तथा कार्यक्रम

राम्रो अनलाइन     ०६ जेठ २०८१, आइतबार
जेठ १४ गते बागमती सरकारको नीति तथा कार्यक्रम

 

मकवानपुर– बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने जानकारी दिएका हुन् । 

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । 

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।

प्रतिक्रिया