फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

राम्रो अनलाइन     ०३ जेठ २०८१, बिहिबार
फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

 

काठमाडौं– फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा काठमाडौंकी श्रेया गिरी छनोट भएकी छिन् । 

म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट  ‘सोसल इम्प्याक्ट’ विधामा उनी छनौट भएकी हुन् ।

श्रेया मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ ।


 

प्रतिक्रिया