सिभिल बैंकले मनायो ग्लोबल मनी विक

राम्रो अनलाइन     १९ चैत २०७७, बिहिबार
सिभिल बैंकले मनायो ग्लोबल मनी विक


सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म ‘ग्लोबल मनी विक’ मनाएको छ । सप्ताहव्यापी अभियानमा बैंकले वित्तीय साक्षरतालगायत विविध कार्यक्रम आयोजना गरेको थियो ।
ग्लोबल मनी विकको सात दिनमा प्रदेशको रोल क्रमअनुसार जनचेतनामूलक तथा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ । यस क्रममा टेम्पु तथा खुद्रा व्यापारीमा क्यूआर कोडमार्फत भाडा भुक्तानी सुविधा सुरु भएको छ ।
विद्युतीय कारोबारका सात प्रमुख विद्युतीय माध्यम मोबाइल एप, क्यूआर कोड, एटीएम, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, पीओयस र डिजिटल वालेटबारे श्रव्यदृश्य सामग्री तयार गरी आफ्नो सामाजिक सञ्जालमार्पmत प्रसारण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया